सिन्धुपाल्चोकमा एम्बुलेन्सको ठक्करबाट सुतिरहेकी खड्काको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकमा एम्वुलेन्सको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बुधबार राती ९ः२५ बजे बिरामी पुर्याएर फर्केको एम्बुलेन्स अनियिन्त्रत भई दुर्घटना हुदाँ घरभित्र सुतिरहेकी ८९ बर्षीया मनमाया खड्काको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले खाडीचौर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बलेफी गाउँपालिका ७ बाट संचालित बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियिन्त्रत भई सुनकोशी गाउँपालिका ७ दुई किलोकी खड्कालाई ठक्कर दिएको थियो ।

एम्बुलेन्स घरमा पसेपछि घरभित्र सुतिरहेकी खड्कालाई गम्भीर घाइते बनाएको र उपचारका लागि अस्पताल लैजाने क्रममा खड्काको निधन भएको डिएसपी बस्नेतले जानकारी दिएका छन् । चालक रबिन्द्र कार्की भने फरार रहेका छन् ।

मृतक खड्काको शव बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टेमका लागि लगिएको छ । मृतको शव अस्पताल प्रसासनले पोष्टमार्टेममा बेवास्ता गरेको परिवारको आरोप छ ।