१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार

काठमाडौँ । बर्दियामा १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मधुवन नगरपालिका ३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारु पक्राउ परेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बालिकालाई यौन दुर्व्यवहार गर्ने थारुमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।