घातक रोगको बीमा वापत एनआइसी एशियाद्धारा १० लाख भुक्तानी

काठमाडौं । एनआईसी एसिया बैकले न्यू प्रिमियम सुपर चमत्कारी बचत खाता खोलेका सेवाग्राहीलाई घातक रोगका बीमा स्वरुप १० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले कपिलवस्तु स्थित तौलिहवा शाखाका सेवाग्राही गुजराती राईदासलाई बीमा रकम भुक्तानी गरेको हो । खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमा वापतको रू. १० लाख रकम निजको परिवारलाई भुक्तानी गरिएको थियो ।

सेवाग्राहीको निधन पश्चात निजको पति भगौती प्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैकका सूचना अधिकारी समेत रहनु भएका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डले जानकारी दिएका हुन् ।

एनआइसी एशिया बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत रू. १ करोड ८० लाख, दुर्घटना बीमा वापत रू. ३ करोड र मेडिकल बीमा वापत रू. २ करोड ६१ लाख गरी कुल रू. ४ करोड ७१ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैकले जनाएको छ ।