भरूवा बन्दुक सहित दुईजना पक्राउ

काठमाडौँ । बैतडीमा भरूवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई डिलासैनी गाउँपालिका ४ नुवाकोट भन्ने स्थानबाट २ थान भरूवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका ८ बस्ने ४० वर्षीय हिक्मत बहादुर बिष्ट र डिलासैनी गाउँपालिका ४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्र बहादुर बिष्ट रहेका छन् ।

उनीहरूलाई चौसालको जंगलबाट २ वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा उक्त बन्दुक सहित प्रहरी चौकी धामीगाँउबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई वन कार्यालयसँग समन्वय गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।