अमेरिकामा गोलीकाण्ड, तीनको मृत्यु

काठमाडौँ । अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ । ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीन जनाको मृत्यु भएको छ ।

बुधबार ओक्लाहमाको एक अस्पताल क्याम्पसमा गोली प्रहार भएको थियो । एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । प्रहरी विभागका अनुसार गोली चलाउने व्यक्तिको पनि ज्यान गएको छ ।

गोली प्रहारमा परी तीन व्यक्तिको ज्यान गएको यहाँका अधिकारीले जानकारी गराएको छ । सो अस्पतालको नातालि मेडिकल भवनमा एकजना व्यक्तिले गोली चलाएको थियो । सेन्ट फ्रान्सिस् अस्पताल क्याम्पसमा बुधबार गोली चलेको तुल्सा प्रहरी विभागले जानकारी दिएको छ ।