अपहरण पछि बालिका बलात्कृत, ६ जना पक्राउ

काठमाडौँ । कपिलवस्तुमा १७ वर्षीया बालिकाको अपहरण गरी बलात्कार गरेको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका ५ का नीरज कार्की, वडा नम्बर ४ का राहुल सिंजाली, सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा रहेका छन् ।

उनीहरुले मङ्गलवार राती ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अपहरण गरि जर्वजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जानकारी दिएको छ । रुपन्देही कन्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी बालिकाको अपहरण गरेको हुँदा राती देखी नै प्रहरीले खोजतलास गरेको बताएको छ ।

अपहरण पछि कञ्चन गाउँपालिका ३ मा बालिकाको बलात्कार भएको नायव उपरीक्षक जेसी शाहले बताएका छन् ।उनीहरुलाई थप अनुसन्धान गरी कारवाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।