सुनको मूल्य बढ्यो, कति पुग्ला तोलामा ?

काठमाडौँ । आज छापावाल सुनको मूल्य तोलामा ९ सयले बढेर ९८ हजार ५ सयमा तोकिएको छ । अघिल्लो दिन पहेंलो धातु प्रतितोलामा ९७ हजार ६ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य बढेर तोलामा ९८ हजारमा कारोबार भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला ९७ हजार एक सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपयाँले बढेर १ हजार २ सय ९० पुगेको महासङ्घले जानकारी गराएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ८ सय ६७ डलरको आसपास कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।