बेपत्ता भएको १८ दिन पछि बालकको शव भेटियो

काठमाडौँ । डोटीमा बेपत्ता भएको १८ दिन पछि बालकको शव भेटिएको छ । शिखर नगरपालिका ७ विष्टैका १४ वर्षीय बालक बिक्रम रावल मृत अवस्थामा भेटिएका हुन् ।

जेठ ८ गते घरबाट निस्किएका बालकको परिवार तथा गाउँलेले खोजी गर्दा भेटाउन नसके पछि २० गते प्रहरीमा निवेदन दिईएको थियो ।

बालकको शव शिखरको लेकमा रहेको तलाउमा तैरिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिइएको छ ।