गरिव र विपन्नका लागि उपचार निःशुल्क हुन्छ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह‘बालेन’ ले स्वास्थ्य र शिक्षा व्यापारका रुपमा नभई सेवाका रुपमा चल्नु पर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको छत्रपाटी निःशुल्क चिकित्सालय भवन अवलोकन गर्दै मेयर बालेनले सो कुरा बताएका हुन् ।

सो चिकित्सालको अवलोकन भ्रमण पछि आर्थिक अभाव भएका र गरिव जनताले निःशुल्क उपचारको ग्यारेण्टी गर्न चिकित्सालय प्रशासनलाई निर्देशन दिएका थिए । शिक्षा र स्वास्थ्य भनेको सरकारको प्राथमिक एजेण्डा हो यसलाई सेवाकै रुपमा लिनुपर्छ व्यापार हुनु हुँदैन भन्ने सोचले काम गर्नुस् । आवश्यक पर्ने सहयोग गर्न आफू तयार भएको बालेनले बताए ।

स्वास्थ्य र सरसफाइमा कामपाले उच्च चासो दिएको बताउँदै मेयर साहले यसका लागि नयाँ योजना तथा सल्लाह र सुझाव लिएर आउनेसँग सहकार्य गरिने प्रतिबद्धता पनि जनाएका छन् ।