डुबान क्षेत्रका ३४ सय प्रभावित परिवारलाई मुआब्जा वितरण

काठमाडौँ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रका ३ हजार २ सय प्रभावितहरुले घर गोठ, बोटबिरुवा र फलफूलको मुआब्जा रकम पाएका छन् । आयोजनाको वातावरण, मुआब्जा, वितरण, पुर्नबास तथा पुर्नस्थापना इकाईका अनुसार हालसम्म कुल ४ अर्ब ७२ रुपैयाँ वितरण भइसकेको छ ।

दोश्रो पटक २ हजार ६ सय घर प्रभावितहरुको खातामा ३ अर्ब २ करोड रुपैयाँ पठाइएको आयोजनाका संयोजक डा. जगतकुमार श्रेष्ठले जानकारी दिइएका छन् । ‘गोरखा र धादिङ दुबै जिल्लाका प्रभावितहरुको निवेदनका आधारमा हामीले दुई चरणमा रकम भुक्तानी गरिसकेका छौं,’ उनले भने अब झण्डै १ हजार जनाको निवेदन बाँकी छ । एक÷डेढ हप्तामा उनीहरुको खातामा पनि रकम जान्छ ।’ यस अघि पहिलो चरणमा ८ सय व्यक्तिको खातामा १ अर्ब ७० करोड रुपैयाँ पठाइएको उनले जानकारी दिए ।

हालसम्म अन्य व्यक्तिले आवेदन नदिएको कार्यालयले जानकारी गराएको छ । दिएकाहरु मध्ये पनि कतिपयलाई मुआब्जा दिन समस्या भएको छ । कतिपय प्रभावितको घर गोठ फलफूल र बोटबिरुवाको विवरण अन्य व्यक्तिको नाममा दर्ता भएकाले समस्या भएको उनले बताए ।

अरुको जग्गा भाडामा लिएर घर बनाइ बसेका व्यक्तिलाई पनि मुआब्जा दिन समस्या भएको छ । त्यस्ता व्यक्तिको जग्गा धनिले रकम पाउने घर घरधनीले नपाउने अबस्था सिर्जना भएको उनले जानकारी दिएका छन् । लगत संकलन गर्दैमा जग्गा मालिकको दर्ता छ, घर मालिकको छैन, यस्तो अबस्थामा उनलाई कसरी मुआब्जा दिने भन्ने कठिन्याइँ सिर्जना भएको ’ डा. श्रेष्ठको गुनसो रहेको छ ।

आर्थिक वर्ष २०७९(०८० लागि आठ अर्ब बजेट विनियोजन भएको छ । उक्त रकमले बाँकी मुआब्जा वितरण र पुर्नबास तथा पुर्नस्थापनाको लागि खर्च गर्ने योजना छ । जग्गाको अन्तिम चरणमा छ । हालसम्म ४८ हजार ९ सय ४९ रोपनी जग्गाको मुआब्जा वितरण गर्दा ३४ अर्ब ६ करोड रकम वितरण भइसकेको छ ।

पुर्नबास र पुर्नस्थापनका लागि तत्काल काम सुरु गर्नुपर्ने देखिन्छ । तर मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेपनि पुर्नबास र पुर्नस्थापनाको टुंगो नलाग्दा प्रभावित भने अन्यौलमा परेका छन् ।

सरकारले आर्थिक वर्ष २०७८(०७९ आर्थिक वर्षमा गोरखा र धादिङको सिमानामा पर्ने बुढीगण्डकी आयोजनामा ६ अर्ब ८० करोड विनियोजन गरेको थियो । उक्त रकम मुआब्जा वितरणमा खर्च भएको छ । गोरखा र धादिङका २४ हजार ५ सय ५५ घर सहित अन्य भौतिक संरचना, बोट बिरुवा र फलफुलको मुआब्जा वितरण गर्नुपर्ने आयोजना कार्यालयले संकलन गरेको लगतमा उल्लेख छ ।

घर गोठ र बोट बिरुवाको मुआब्जा वितरणको लागि झण्डै १० अर्ब लाग्ने अनुमान कार्यालयले गरेको छ । सार्वजानिक जग्गा, गुठीको जग्गा, विद्यालय मठ मन्दिर लगायतको मुआब्जा वितरणमा पनि समस्या छ । सार्वजानिक जग्गा, गुठीको जग्गा, विद्यालय मठ मन्दिर लगायतको मुआब्जा वितरणमा पनि समस्या छ ।