इटालियनमा हेलिकोप्टर दुर्घटना, सात जनाको मृत्यु

काठमाडौँ । शनिबार हराएको हेलिकोप्टर भेटिएको इटालीका अधिकारीहरुले जानकारी गराउको छन् । उनीहरुले सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा रहेका सवार ७ तै जनाकै मृत्यु भएको बताएका छन् ।

शनिबार बिहान सो हेलिकोप्टर एयर ट्राफिकबाट हराएको जनाएका थिए । सात जना यात्रु बोकेर बेपत्ता रहेको सो हेलिकोप्टरको खोजी दिनभर भएको उनीहरुको भनाई रहेको छ । शनिबार साँझ सो हेलिकोप्टर फेला परेको र त्यसमा रहेका सबै जनाकै मृत्यु हुँदा उद्धारमा खटेका अधिकारीहरुले जानकारी गराउको छ ।

मध्य इटालियन क्षेत्रको एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो भएर सो हेलिकोप्टर उडेको थियो । सोही पहाडको नजिक पुगेर हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । त्यसमा १ जना इटालियन पाइलट, ४ जना टर्कीका नागरिक र अरु २ जना लेबनानका नागरिक सवार थिए ।

दुर्घटनाको कारण अनुसन्धानरत रहेको इटालियनका प्रहरीले जानकारी दिइएको छ । प्रारम्भिक अनुसन्धानबाट देखिए अनुसार मौसमको खराबीका कारण यो हेलिकोप्टर दुर्घटनामा परेको जानकारी छ ।