संदिग्ध जिहादीद्वारा कम्तीमा ५० जनाको हत्या

काठमाडौा । उत्तरी बुर्किना फासोमा संदिग्ध जिहादीहरूले गरेको आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ । जिहादीहरूले गरेको आक्रमणमा मृत्यु भएको सरकारी प्रवक्ता लियोनेल बिल्गोले सोमबार जानकारी दिएका छन् । जनवरीमा सैनिक विद्रोहपछिको यो सबैभन्दा रक्तपातपूर्ण झडपहरू मध्ये एक हो ।

शनिबार राति सेटेंगा गाउँमा हमला भएपछि सेनाले अहिलेसम्म ५० शव फेला पारेको बिल्गोले बताएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने पनि उनले थप जानकारी दिइएका छन् ।

पीडितहरूका आफन्तहरू सेतेंगा फर्केका र शवहरू लगेका हुन सक्ने बिल्गोले पत्रकार सम्मेलन जानकारी गराएको छ । ईयूले आक्रमणमा १ सय भन्दा बढी नागरिक पीडित भएको हुनसक्ने बताएको छ । यसले घटनाको निन्दा गर्दै ‘यस हत्याको परिस्थितिमा प्रकाश पार्न’ आह्वान समेत गरेको छ ।

यस क्षेत्रका मानवीय संस्थाहरूले गाँउबाट भागेर करिब ३ हजार मानिसलाई छिमेकी सहरमा राखिएको बताएका छन्। भूपरिवेष्ठित सहेल राज्य ७ वर्ष पुरानो जिहादी विद्रोहको चपेटामा परेको छ । जसले २ हजार भन्दा बढीको ज्यान लिइसकेको छ बताएका छन् । करिब १९ लाख मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको छ ।