सेनाको आक्रमण ३ प्यालेस्टाइनीको मृत्यु, १० घाइते

काठमाडौँ । शुक्रबार इजरायली सेनाले गरेको आक्रामणमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । कब्जा गरिएको वेस्ट बैंकमा सशस्त्र प्यालेस्टिनी गुटहरूको गढ रहेको जेनिनमा सेनाले गरेको आक्रमणमा तीन प्यालेस्टाइनीको ज्यान गुमाएका छन् । आक्रमणमा परी अन्य १० जना घाइते भएका छन् ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको जानकारी दिइएको छ । एएफपीका एक फोटोग्राफरले बुलेट प्वालले भरिएको सेतो गाडी उक्त क्षेत्रमा रहेको बताएका छन् जहाँ इजरायली सेनाले हालैका महिनाहरूमा कारबाही बढाएको छ।

फोटोग्राफरले जेनिनको शवगृहमा तीन जनाको शव देखेको बताएका छन् । उनीहरुको पहिचान जेनिनका २३ वर्षीय युसेफ सलाह, २४ वर्षीय बारा लहलुह र २४ वर्षीय लैथ अबु सरुर रहेको बताइएको छ । जेनिनमा दुई फरक स्थानमा हतियार खोज्नको लागि अभियान चलाएको इजरायली सेनाले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।