साताको पहिलो दिन पनि सेयर बजार घट्यो, डेढ वर्षयताकै न्यून १९३४ अंकमा नेप्से

काठमाडौँ । साताको पहिलो दिन आइतबार पनि सेयर बजारको कारोबार ओरालो लागेको छ । बजारको परिसूचक नेप्से ३७.२७ अंक घटेर १९३४ अंकमा कायम भएको छ । यो अंक डेढ वर्षयताकै न्यून हो । कुल १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजारका सबै उपसमूहका सूचक घटेका छन् ।

आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको ४ प्रतिशतल बढ्यो । रिभर फल्स पावरको मूल्य ९.५ तथा बलेफी हाइड्रोको ८ प्रतिशतले घट्ेको छ । बैंकिङ १२, विकास बैंक १ सय २४, फाइनान्स ५१, होटल तथा पर्यटन ४७, जलविद्युत् ८७, लगानी १, जीवन बीमा १ सय २२, उत्पादन ३२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा १ सय ५४, अन्य ५३ र ब्यापार उपसमूह ३० अंकले घटेको छ । कुल १३ कम्पनीको मूल्य बढ्दा १ सय ७९ को घट्यो भने २ को स्थिर छ ।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, एनसीसी बैंक, सेन्चुरी कमर्सियल बैंक, नबिल बैंक र नेपाल टेलिकम भने क्रमशस् अगाडि बढेका छन् ।