टिपरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौँ । शङ्खरापुर नगरपालिका–१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ फटकशिला घर भएकी लीलामाई दनुवार रहेकी छन् ।

मङ्गलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं को टिपरले ठक्कर दिँदा दनुवारको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले बताएका छन् ।

टिपर चालक सुमन लामालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पुरीले जानकारी दिए ।