नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो

काठमाडौँ । नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५.२५ अङ्कले ओरालो लागेर १ हजार ८४८.२८ मा झरेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०६ अङ्कले ओरालो लागेर ३६२.०९ मा कारोबार भएको छ । कूल २ सय ३७ कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ कित्ता शेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६ सय ३५ बराबरको कारोबार भएको छ । बिहीबारको कारोबारपछि बजार पूँजीकरण २६ खर्ब ३५ अर्ब १७ करोड ९६ लाख १८ हजार बराबर कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २१.२९, व्यापार ३९.३९, होटल तथा पर्यटन ६७.१३, विकास बैंक ११९.८६, जलविद्युत् ८६.३६, वित्त ४७.१, निर्जीवन बीमा २१८.०५, उत्पादन ९५.९७, अन्य ३३.१९, लघुवित्त १०२.१५, जीवन बीमा १४३.३८, सामूहिक लगानी कोष ०.२५ र लगानी २.२३ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा कुमारी बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको ९ करोड ५३ लाख १२ हजार ५ सय १० बराबरको कारोबार गरेको छ । यस्तै लक्ष्मी बैंक ६ करोड ३६ लाख ८५ हजार ३ सय ७५, नबिल बैंक ५ करोड ५३ लाख ६९ हजार ६ सय ८७, हिमालयन डिस्टिलरी ४ करोड ५२ लाख ४२ हजार २ सय ८८ र एनआइसी एशिया बैंक ४ करोड १५ लाख ५९ हजार ४ सय ९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

आँधीखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेके छ । त्यस्तै एनआइसी ब्यालेन्स फण्ड ३.९४, विन नेपाल लघुवित्त २.७० र गुर्खाज फाइनान्सका लगानीकर्ताले १.९७ प्रतिशतले कमाउन सफल भएको छ ।

शिवश्री हाइड्रोपावर ९.५६, लिवर्टी इनर्जी ९.२१, सामलिङ पावर ८.५०, एनआइबिएल प्रगति फण्ड ८.३२ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ८.०६ प्रतिशतले गुमाएको छ ।