एनआइसीद्धारा ३० लाख बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता सञ्चालन गरेका ३ जना ग्राहकलाई घातक रोग बीमा वापतको ३० लाख रुपैयाँ रकम भुक्तानी गरेको छ ।

प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्र्तगत बैकमा बचत खाता खोल्ने ग्राहकलाई स्वत बीमा गरेको बैकले घातक रोग लागेका कारण प्रति व्यक्ति १० लाखका दरले ३ जनालाई ३० लाख रुपैयाँ उपलब्ध गराएको हो ।
बैकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

एनआइसी बैकको इला शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणी सञ्चालन गरेकी सेवाग्राही रेनुदेवी चौधरी, काठमाडौं कुलेश्वरमा शाखामा खाता सञ्चालन गरेका पुष्कर सापकोटा र काठमाडौं कै सामाखुशी शाखामा खाता सञ्चालन गरेका ग्राहक विमला दाहालले सो बीमा भुक्तानी पाएका हुन् ।

बैकले हालसम्म देशभरका १ हजार ६० जनाभन्दा बढी ग्राहकलाई घातक रोग बीमा वापत २ करोड १० लाख रुपैयाँ उपलब्ध गराईसकेको बैकका नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिएका छन् ।