सर्वसाधारणका लागि आदर्श लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन आइपिओको बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आईपिओमा १६ लाख ७४ हजार ६ सय ५२ जनाले १ करोड ८४ लाख २४ हजार ९ सय कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १ हजार ८ सय ५८ जनाको आवेदन रद्ध भएको र बाँकी १६ लाख ७२ हजार ७ सय ९४ योग्य आवेदकमध्ये ६ हजार २ सय ६१ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यसमा बाँकी पाँच कित्ता शेयर १० कित्ताभन्दा धेरै माग गरि आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप पाँच जनालाई एक÷एक कित्ताका दरले बाँडिएको कम्पनीले जानकारी दिइएको छ ।

कम्पनिले निष्काशन गरेको साधारण शेयरमा कूल जारी पूँजी २ लाख ७ हजार कित्ताको ०.५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता शेयर कर्मचारीलाई र निष्कासित ९ सय ६७ हजार कित्ता शेयरको ५० प्रतिशत अर्थात् ३ हजार ३ सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरि बाँकी ६२ हजार ६ सय १५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो ।

बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट मेरो शेयरमार्फत हेर्न सकिने कम्पनीले जानकारी दिइएको छ ।