फेरी बढ्यो सुनको मूल्य, कति पुग्ला त तोलामा ?

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला ४ सयले बढेर रु ९७ हजार ७ सयमा कारोबार भएको छ । पहेंलो धातु हिजो प्रतितोला ९७ हजार ३ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोलामा ९६ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर १ हजार २ सय ५५ मा तोकिएको महासङ्घले जानकारी दिइएको छ ।