माइक्रोबसको ठक्करबाट एकको मृत्यु

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा माइक्रोबस जम्बो हाइस को ठक्करबाट एकजनाको मृत्यु भएकोे छ । मृत्यु हुर्नेमा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार सेन रहेका छन् । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नजिक सडकमा कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा२ख १२३१ नंको माइक्रोबसले ठक्कर दिँदा सेनको गए राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दुर्घटनामा गम्भीर घाइते भएका सेनको उपचारका क्रममा बी एन्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको जानकारी दिएका हुन् ।