डुम्रे बेँसीशहर सडक पुनः सञ्चालनमा

काठमाडौँ । अविरल आएको बाढीपहिरोले गएरातिदेखि अवरुद्ध भएको डुम्रे–बेँसीशहर सडक पुनः सञ्चालनमा आएको छ ।

आज बिहानदेखि डुम्रे–बेँसीशहर सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका १ उदिपुर नजिकै सडक अवरुद्ध भएपछि एक्साभेटरले ढुङ्गा माटोसहितको पहिरो हटाएपछि आज १०ः३० बजेदेखि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी गराएका छन् ।

वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले अवरुद्ध बनाएपछि हाल सञ्चालनमा आए पनि फेरि वर्षा भएमा पहिराको जोखिम भने कायम रहेको उनको भनाइ छ । सो अवरुद्ध भागमा सडक एकतर्फ सञ्चालन भइरहेको प्रहरीले जानकारी दिइएको छ ।