सोमवार र मङ्गलवार गिरावट भएको नेप्से परिसूचक, बुधवार ४१.३९ अङ्कले वृद्धि

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक बुधवार ४१.३९ अङ्कले वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतवार उच्च अङ्कले बढेपनि सोमवार र मङ्गलवार गिरावट भएको नेप्से परिसूचक बुधवार वृद्धि भएर कारोबार बन्द भएको थियो ।

बुधवार नेप्से परिसूचक ४१.३९ अङ्क बढेर १९६२.७१ बिन्दुमा कारोबार भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.५५ अङ्क बढेको छ । फ्लोट इण्डेक्स २.८७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अङ्कले बढेको छ ।

नेप्सेका परिसुचकका अनुसार आज कारोबारमा आएका २ सय २८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता शेयर १ अर्ब ४३ लाख १४ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा वृद्धि भएसँगै मङ्गलवारको तुलनामा कारोबार रकममा पनि केही सुधार भएको छ । अघिल्लो कारोबार दिन एक अर्ब बराबरको शेयर कारोबार भएको थियो ।

बुधवार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ६.५६ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक र वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।

बुधवार नेप्से परिसूचकमा वृद्धि भएसँगै दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, वरुण हाइड्रोपावरको शेयरमूल्य ९.४५ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा ५करोड ४२ लाख रुपियाा बराबरको शेयर खरिदबिक्री गरेर ङादी गु्रप पावरको शीर्ष स्थानमा रहेको छ । एशियन लाइफ इन्स्योरेन्सको पाँच करोड २५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।