ट्राफिक सचेतना कक्षा सञ्चालन

काठमाडौँ । ईलाका प्रहरी कार्यालय मेलम्चीले सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्याता अभिवृद्धिका लागि ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ ।

बुधवार मेलम्ची भएर गुड्ने साना तथा ठुला सवारी चालक तथा सहचालकलाई दुर्घटनाबाट बचौंँ र बचाऔँ भन्ने नाराका साथ कक्षा सञ्चालन गरिएको ट्राफिक पोष्ट मेलम्चीका इञ्चार्ज सुरज थापाले जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख उत्तम सिंह भण्डारीले चालक तथा सहचाकलाई सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्याता अभिवृद्धिसम्बन्धी जानकारी गराएका थिए ।