हिमालपारीको गाउँ सिर्दिवासमा सीपमुलक कार्यक्रम सम्पन्न

काठमाडौँ । गोरखा जिल्लाको हिमालपारीको गाउँ पालिकाको रुपमा चिनिने चुमनुब्रिमा महिलाहरुको लागी सिलाइ कटाइ तालिम सम्पन्न भएको छ ।

प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद गण्डकी प्रदेश र चुननुब्रि गाउँ पालिका उद्यम बिकास शाखा सिर्दिबासको संयुक्त आयोजनामा सो तालिमको सुरुवात भएको थियो ।

उक्त गाउँपालिकामा तिन सय ९० घण्टाको यो तालिमको मुख्य उदेश्य विकट र दुर्गमका स्थानीयलाई प्रबिधि हस्तान्तरण गर्न रहेको आयोजकले जानकारी दिएका छन ।

तालिमले स्थानीयलाई सीप र ज्ञानसँगै स्वरोजारको अवसर श्रृजना गर्ने चुमनुब्रि गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामकुमार गुरुङले जानकारी दिइएका छन् । अब दुर्गम गाउँका महिलाहरुले सिलाइ कटाइ सिपबाट गाउँमै बसेर पनि आयआर्जन गर्न सकिने भएको छ ।