सिन्धुपाल्चोकमा बलात्कार आरोपमा ८० वर्षीय बिक पक्राउ

काठमाडौँ । सिन्धुपाल्चोकमा बालिकालाई बलात्कार गरेको आरोपमा ८० वर्षीय बिक पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका ७ का ८० बर्षीय दिलबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक मुकेश न्यौपानेले बिहिबार बलात्कार आरोपी बिकलाई राती पक्राउ गरी थप अनुसन्धन शुरु गरिएको जानकारी दिएका छन् ।

आँखामा समस्या देखिएपछि बिकलाई अहिले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा उपचार गरिएको पनि प्रहरीले जानकारी दिइएको छ । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पीडित बालिकाको मेडिकल परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको इन्स्पेक्टर न्यौपानेले बताएका छन् ।