बस दुर्घटना, ९ जनाको मृत्यु, घाइतेहरुको हेलिकोप्टरबाट उद्धार

काठमाडौँ । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको प्रहरीले जानकारी दिइएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले दुर्घटनामा थुप्रै हताहत भएको सूचना आएको जानकारी दिए । अधिकारी पहाडीका अनुसार उद्धारकार्य जारी छ, अहिलेसम्म ६ जनाभन्दा बढीको मृत्यु भएको सूचना आएको छ । उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको उनले बताए ।

घटनास्थलमा रहेकी सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईंले शव संकलन गर्ने र घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याउने काम भइरहेको जानकारी दिइन् ।