रामेछाप बस दुर्घटना : मृतको संख्या १३ पुग्यो, १२ जनाको सनाखत

काठमाडौँ । रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं ५ लुभुघाट नजिकैको बेलडाडाँमा आजा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। दुर्घटनामा मृत्यु हुने मध्ये ९ जनाको घट्नास्थलमा र अन्य ४ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका–५ खनियापनीका ४० वर्षीय ठूला तामाङ, सोही वडाका वर्ष ३६ का खड्गबहादुर विक, सुनापति गाउँपालिका–४ बेथानका समृता तामाङ, काभ्रे पाँचखाल नगरपालिका–८ का २५ बर्षीय कमल तामाङ, सोही वडाका वर्ष १८ का सुदीप बजगाईं, सुनापति गाउँपालिका–५ कै २२ वर्षीय विपना तामाङ, काभ्रे मण्डनदेउपुर गाउँपालिका–९ का शिवलक्ष्मी मानन्धर, सुनापति गाउँपालिका–५ का वर्ष ३६ की सन्जु आलेमगर, काभ्रे पाँचखाल नगरपालिका–८ का ४० बर्षीय तुलबहादुर विक रहेका छन्। प्रहरीकाअनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएर उपचारका लागि धुलिखेल पठाइएका चार जनाको पनि उपचारको क्रममा निधन भएको छ। अस्पतालमा निधन हुनेहरुमा सुनापति गाउँपालिका–५ का ४५ बर्षीय रामबहादुर श्रेष्ठ, सोही वडाका २४ बर्षीय बृद्ध तामाङ र बर्ष ६० का नेमा तामाङ रहेको प्रहरीले जानकारी दिइएको छ । अस्पतालमा मृत्यु भएका एक जनाको भने सनाखत हुन बाँकी छ।

रामेछापको डोग्माबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख ८३९६ नम्बरको यात्रुवाहक बस बेलडाँडाबाट करिब ३ सय मिटर तल खसेको थियो। उक्त दुर्घटनामा परि २० जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल र काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइएको छ । उक्त घटनामा २० जना घाइते मध्येका गम्भीर ४ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको र अन्यलाई एम्बुलेन्सबाट धुलिखेल अस्पताल पुर्‍याइएको रामेछापका प्रहरी प्रमुख राजकुमार थिनले बताए ।

बसमा ३३ जना यात्रुहरु सवार भएको प्रहरीले जानकारी दिइएकोृ छ । दुर्घटना स्थलमा सवैभन्दा पहिला घाइतेको उद्धारका लागि लुभुघाट प्रहरी चौकीका प्रहरी र स्थानीय बासिन्दा पुगेका थिए। दुर्घटना स्थलमा थप सहयोगका लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको नेतृत्वमा टोली त्यसतर्फ गएको थियो।

मृतकहरुको पोष्टमार्टमका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी गराएको छ । बस ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।