आगामी चुनाव पनि एक्लै लड्ने अध्यक्ष ओलीको संकेत

काठमाडौं । आउँदो आम निर्वाचनका समयमा नेकपा एमाले कसैसँग पनि गठवन्धन नगरी एक्लो निर्वाचनमा लड्ने संकत नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सो कुराको संकेत गरेका हुन् ।

नयाँ जनादेशका लागि देश चुनावमा गइसकेकाले वर्तमान सत्ता गठबन्धनको औचित्य सकिएको उनले बताए । एमाले अध्यक्ष ओलीले गठबन्धन सरकारले सकारात्मक परिणाम दिन नसकेको अनुभव सुनाउँदै त्यसैले आफ्नो दलले सत्तामा पुग्न कै लागि गठबन्धन नगर्ने ओलीले स्पष्ट पारे ।

मुलुक श्रीलंकाको बाटो तर्फ लाग्ने संकेत देखिएको बताउँदै अध्यक्ष ओलीले त्यसमा ब्रेक नलागे अधोगतिमा लाग्ने र श्रीलंका भन्दा नराम्रो अवस्था आउने तर्फ सबै सचेत हुनपर्ने बताए ।