जुम्लामा विद्युतगृह भासिँदा एकै घरका तीनको मृत्यु

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिही स्थित भित्री खोला लघु जलविद्युत आयोजनाको विद्युत् गृह भासिएर भत्कीदाँ एकै घरका तीन जनाको मृत्यु भएको छ । बिहीबार राति आयोजनाको विद्युत् गृह भासिँदा एकै घरका आमा, २ दुई छोरासहित तीनको घटना स्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा आमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत रावत र ८ वर्षीय सूर्य रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी भुवन भट्टले जानकारी दिइएका हुन् । उक्त विद्युत् गृहका चौकीदार विमलाका श्रीमान् गोरख बहादुर रावत हुन् । श्रीमान् गाउँको काममा जाँदा कहिलेकाही श्रीमतीले ड्युटी गर्दै आएकी थिएन ।

बिहीबार राती विद्युत् गृहमा २ छोरा आमा सुतिरहेकै अवस्थामा विद्युत् गृह भासिएपछि घटनास्थलमै उनीहरुको मृत्यु भएको भट्टले जानकारी दिइएको छ । घटना स्थलतर्फ जिल्ला प्रहरी कार्यालयको टोली गएको छ । शवको पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिइएको छ ।