आईजीपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । आज सर्वोच्च अदालतमा नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको विचाराधीन मुद्दाको सुनुवाइ हुँदै छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुने भएको छ । आज रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपश्चात सर्वोच्चले फैसलाको प्रक्रिया थाल्नेछ ।

एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाउ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरू भएको थियो ।