रवि लामिछाने र हर्क साम्पाङबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले धरानका प्रमुख हर्क सम्पाङसँग आज भेटवार्ता गरेका छन् । सम्पाङको कार्यालयमा भएको भेटमा लामिछानेले सहकार्यको प्रस्ताव पनि राखेका छन् ।

भेटका क्रममा लामिछानेले आफुले प्रमुख सम्पाङलाई भेटेरै शुभकामना दिन आएको बताएका छन् । उनले जनताको धेरै अपेक्षा रहेको भन्दै साम्पाङलाई राम्रो गर्न आग्रह समेत गरे ।

साम्पाङ स्वतन्त्र रुपमा धरानको प्रमुखमा निर्वाचित भएका हुन् भने लामिछानेले पनि केही समयअघि मात्रै पार्टी दर्ता गरेका हुन् ।