राजा फर्काउन खेलमा विप्लव ?

काठमाडौं, मंसिर १२ । राजा फर्काउने खेलमा विप्लव लागेको ? नेकपा एमालेका अध्यक्ष केपी

शर्मा ओलीले आरोप लगाएका छन् । ललितपुरको लगनखेलस्थित सभामा बोल्दै ओलीले विप्लव नेतृत्वको नेकपातर्फ संकेत गर्दै निर्वाचन नभएर के हुनुपर्ने हो भन्दै प्रश्न गरे । ”निर्वाचन नभए के हुनुपर्ने हो रु’ ओलीले भने, ‘के अब खेदिएको राजालाई ल्याएर फेरि थपक्क राखिदिनुपर्ने हो रु कि त बम पड्काउनेलाई नै ल्याएर राजा बनाइदिने हो रु’
लगगनखेलमा ओलीले यस्तो प्रश्न गरिरहँदा सभास्थल छेउमा बम बिस्फोटको घटना भएको थियो ।
पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनको बिरोध गरेर विनाशको बाटो नलाग्न भन्दै चुनाव विरोधीहरुलाई नाबालकजस्तै अञ्जान नबन्न आग्रह गरे ।
सोही कार्यक्रममा ओलीले कांग्रेसको गठबन्धन लोकतान्त्रिक गठबन्धन नभएको बताए । कयौंपटक सरकारको नेतृत्व गर्दा कांग्रेसले देशमा विनाश गरेको भन्दै अब वामपन्थीको पालो आएको बताए ।