नेप्से परिसूचक आज पनि उकालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८९ अङ्कले उकालो लागेर २ हजार ५०.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अङ्कले उकालो लागेर ३९२.५० मा पुगेको छ ।

कूल २ सय १७ कम्पनीको ४१ लाख ३३ हजार ७ सय ९ कित्ता शेयर १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २ सय ७० मूल्यमा खरिद बिक्री भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने ८ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १६ करोड ४२ लाख ५९ हजार ९ सय १७ बराबरको कारोबार गरेको छ । यस्तै, हिमालयन डिस्टिलरी ७ करोड ३१ लाख ३६ हजार, आइसिएफसी फाइनान्स ५ करोड ३१ लाख २ हजार ८ सय २७, गुर्खाज फाइनान्स ५ करोड २२ लाख २९ हजार ७ सय ७१ र नेपाल पुनरबीमा कम्पनी रु ५ करोड २ लाख २० हजार ९ सय ३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स ५.६९, कर्णाली डेभलपमेन्ट बैंक ४.३५, शिवम् सिमेन्ट ३.८७, नेपाल इन्स्योरेन्स कम्पनी ३.७८ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ३.४७ प्रतिशतले कमाएका छन् । यस्तै, लक्ष्मी इक्विटी फण्ड ६.३३, इमर्जिङ नेपाल ४.३१, साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र ३.९४, बैंक अफ काठमाडौँको ऋणपत्र ३.७७ र सिभिल बैंकको ऋणपत्रका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाएका छन् ।