म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक

काठमाडौँ । कलाकारिता विषयलाई उठान गरिएकोे म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक भएको छ । यस गीतमा गायक केतन क्षत्रीको सुमधुर स्वर रहेको छ । सो भिडियोमा गीतकार रमेश लुइँटेलकोे शब्द र हेमन्त शिशिरको सङ्गीत रहेको छ । भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय गरेका छन् ।

‘उड मेरो पन्छी पखेटालाई थाम्दै’, ‘सपना तिम्रो आकाश छुने, स्वतन्त्र भई…..’, ‘मलाई छोडी तिमी आफ्नो….’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

सुजन श्रेष्ठले छायाङ्कन गरेको सो भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । मुनाल शिशिर कोइरालाको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । सो भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण समूहले आग्रह गरेको छ ।