अर्काको नाममा परीक्षा दिर्ने परीक्षार्थी पक्राउ

काठमाडौँ । नक्कली परिक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको अभियोगमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका १० घर भएका २१ वर्षीय सुजन भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका ९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा ललितपुर महालक्ष्मी नगरपालिका ६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।