साताको पहिलो दिन सुनको मूल्य घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८ सयमा कारोबार भएको थियो । उक्त सुन आज प्रतितोला ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ८ सयमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ३ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर १ हजार २ सय ५मा तोकिएकोे छ ।