धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु

काठमाडौँ । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी गराएको छ ।

राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो समाचार समितिले जानकारी दिएको छ । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलाबद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोट भएका छन् ।

अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्र सङ्घले निन्दा गरेको छ । यसमा परी १ सय २० भन्दा बढी व्यक्तिको मृत्यु र घाइते भएका छन् । यस विस्फोटको इस्लामिक स्टेट्सले दाबी गरेको छ । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले अल्पसंख्यकहरूको लागि थप सुरक्षाको आग्रह गरेको छ ।