पौडी खेल्ने क्रममा नदीले बगाएको कार्कीको जिवितै उद्दार

काठमाडौँ । काठमाडौँको गोकर्णेश्‍वर नगरपालीका १ सुन्दरीजलस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा सन्देश कार्कीलाई बगाए पछि तत्कालै उद्धार गरिएको छ । प्रहरी प्रभाग सुन्दरीजलबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी टोली उनलाई उद्धार गरेको हो ।

प्रहरीका अजनुसार कार्की सनिबार भएकोले बिहान सामाखुशीबाट ५ जनाको संख्यामा साथीसहित घुम्न सुन्दरीजल आएका हुन् । कार्कीले नदीमा पौडी खेलौ भन्दा अन्य साथीहरुले नमानेका । तर उनी भने नदीमा पौडी खेल्न हाम फालेकोमा बागमती नदीले बगाएको भन्ने खुल्न आएको छ ।

सो घटनमा प्रहरी बृत्त बौद्धबाट प्रहरी नायव उपरीक्षक र बिपद उद्धार महाशाखा, सामखुशीबाट प्रहरी अधिकृतसहितको उद्धार टोली परिचालित गराइएको थियो । नेपाली सेना बिपद तथा उद्धार गण, सुन्दरीजलबाटसमेत टोली खटिई कार्की चिप्लिएको ब्यक्तिको खोज तथा उद्धार कार्य शुरु गरिएको हो ।

उद्धार पछि उनको स्वास्थ्य अवस्था सामान्य नै रहेकोले साथीहरुको जिम्मा लगाई पठाइएको प्रहरीले जानकारी दिइएको छ ।