साताको पहिलो दिन नेप्से परिसूचकको यात्रा ओरालो

काठमडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २७ दशमलब ९२ अङ्कले ओरालो लागेर २ हजार १० दशमलब शून्य एकमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलब ७६ अङ्कले ओरालो लागेर ३ सय ८७ दशमलब ९० मा ओर्लेको छ । कूल २ सय २७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८ सय ९७ मा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ आठ दशमलब ८७, व्यापार ४७ दशमलब ६९, होटल तथा पर्यटन २१ दशमलब १७, विकास बैंक ४७ दशमलब ४७, जलविद्युत् ४५ दशमलब २१, वित्त ४५ दशमलब एक, निर्जीवन बीमा ५२ दशमलब ८५, उत्पादन १९० दशमलब ७३, अन्य १६ दशमलब ५९, लघुवित्त ५० दशमलब पाँच, जीवन बीमा २३३ दशमलब ६८, सामूहिक लगानी कोष शून्य दशमलब १२ र लगानी एक दशमलब ८५ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार अप्पर हेवा खोला आठ दशमलब १०, कालिका पावर कम्पनी दुई दशमलब ८८, सामलिङ पावर कम्पनी दुई दशमलब ४४, सिटिजन म्युचुअल फण्ड एक दुई दशमलब ३६ र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले २ दशमलब शून्य १ प्रतिशतले कमाउन सफल भएको छ ।

त्यस्तै गुराँस लघुवित्त सात शून्य दशमलव नौ, हिमालयन डिस्टिलरी छ दशमलब १०, इमर्जिङ नेपाल पाँच दशमलब ८३, नेपाल लाइफ इन्स्योरेन्स ५ दशमलब ७५ र मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ५ दशमलब ३७ प्रतिशतले गुमाएका छन् ।