सुनको मूल्य प्रतितोला ९६ हजार २ सय

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २ सयमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ५ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९५ हजार ७ सयमा तोकीएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार २ सयमा कारोबार भएको  थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० ले घटेर १ हजार २ सय १० कायम रहेको महासङ्घले जानकारी दिइएको छ ।