एक वर्षमा उच्च अदालत विराटनगरद्वारा ३ हजार मुद्दा फर्छौट

काठमाडौँ । उच्च अदालत विराटनगरले गएको एक वर्षमा ३ हजार २४ मुद्दा फर्छौट गरेको छ । सो अवधिमा अदालतले ६४ दशमलव शून्य छ प्रतिशत प्रगति हासिल गरेको छ ।

गत वर्ष अदालतमा जिम्मेवारी सरेर १ हजार ५ सय ५३ र नयाँ ३ हजार ४ सय ४९ मुद्दा दर्ता भएका थिए । अदालतले वार्षिक ३ हजार १ सय १४ मुद्दा फर्छौट गर्ने लक्ष्य लिएकामा ९० थान मुद्दा कम फर्छौट भएको उच्च अदालतका रजिष्ट्रार जीतेन्द्रबाबु थपलियाले जानकारी दिइएका छन् । अदालतले सरल ८ सय २६, सामान्य १ हजार ५ सय ८५, विशेष एक र मार्ग समूहमा नपर्ने ४२ थान मुद्दा फर्छौट गरेको छ । कूल लगतको १ हजार ९ सय ७८ फर्छौट हुन बाँकी रहेको अदालतमा २ सय ६२ थान मुद्दा मूलतवी रहेको उनले बताए ।

अदालतमा कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले ३ सय ९८, दिनेशप्रसाद यादवले १ सय ४५, कृष्णकमल अधिकारीले ५ सय ६९, रामबहादुर थापाले १ सय ७, राजनप्रसाद भट्टराईले ५ सय ६१, मुरारीबाबु श्रेष्ठले ६ सय ३५, मिलनकुमार राईले ६ सय ७२, किरणकुमारी गुप्ताले ५ सय ६२, जगतनारायण प्रधानले ४ ससय ६७, तिलप्रसाद श्रेष्ठले ७ सय ३२, प्रेमराज ढकालले ३ सय ६६, यमुना भट्टराईले ३ सय ८८ र तेजनराययण सिंह राईले ४ सय २२ थान मुद्दा फर्छौट गरेका छन् ।

चालु आर्थिक वर्षमा तीन हजार ३ सय ३६ थान मुद्दा फर्छौट गर्ने लक्ष्य लिएको अदालतले सो अवधिमा जिम्मेवारी सरेर आएका एक हजार ९७८ मा नयाँ तीन हजार ३ सय १६ मुद्दा दर्ता हुने र चालु आर्थिक वर्षको साउन महिनामा १ सय ८६ थान मुद्दा फर्छौट भएको रजिष्ट्रार थपलियाले जानकारी दिए ।

मुख्यन्यायाधीशविहीन रहेको अदालतमा करिब छ महिनादेखि कामु मुख्य न्यायाधीशमार्फत काम चलिरहेको छ । अदालतमा प्रदेश नं १ सरकारले रु १० लाख लागतमा सेवाग्राहीका लागि प्रतिक्षालय निर्माण गरेको छ । कामु मुख्य न्यायाधीश थारुले अदालतले सकेसम्म आफ्ना लक्ष्यलाई पूरा गर्ने गरी काम गरिरहेको जानकारी दिइएका छन् ।