घट्यो सुन चाँदीको मूल्य

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोलामा ९५ हजार ५ सयमा तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार ९ सयमा कारोबार भएको थियो । पहेँलो धातुको मूल्य भने प्रतितोला ४ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९५ हजारमा कारोबार भएको छ । यसको मूल्य हिजो प्रतितोलामा  ९५ हजार ४ सयमा कारोबार भएको थियो ।  

त्यस्तै  चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर १ हजार १ सय ८५ तोकिएकोे छ ।