रसुवामा ट्राफिक कारबाही तीव्र

काठमाडौँ । रसुवा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालक अनुमतिपत्र सहित आवश्यक कागजात साथमा नराखी सवारीसाधन चलाउने चालकमाथिको कारबाहीलाई तीव्र बनाएको छ ।

कार्यालयका प्रमुख उज्ज्वलकुमार घलेका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा साना–ठूला सावारी साधानका गरी २ सय ५० चालक कारबाहीमा परेका हुन् । कारबाही पर्नेमा मोटरसाइकल ७५, जिप–कार ५० र ठूला सवारी एक सय २५ छन् । कारबाही गरिएकाबाट रु २ लाख ४१ हजार ५ सय जरिवाना गरिएको उनले बताएका छन् ।

नेपाल–चीनबीचको व्यापार–व्यवसाय गर्ने रसुवागढी नाका भएका कारण यस क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएको हो । सवारीसाधनमा आवश्यक कागजपत्र नबोक्न पटक–पटक सचेत गराउँदासमेत चालकले आलटाल गरेका कारण कारबाहीस्वरूप जरिवाना गर्नुपरेको कार्यालयले जानकारी दिइएको छ ।