नेप्से परिसूचकको यात्रा आरालो

काठमाडौँ । शेयर कारोबारमापक नेप्से परिसूचक आज ७ दशमलव ७२ अङ्कले ओरालो लागेर २ हजार ६० दशमलव ७२ मा कारोबार भएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ४९ अङ्कले ओरालो लागेर ३ सय ९८ दशमलव ५८ मा सीमित भएको छ । कूल २ सय १८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता शेयर रु दुई अर्ब चार करोड ७० लाख ९३ हजार छ सय ८९ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको छ । बैंकिङ एक दशमलव शून्य चार, होटल तथा पर्यटन २९ दशमलव ५६, निर्जीवन बीमा आठ दशमलव तीन र उत्पादन २२ दशमलव ७८ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १२ करोड २८ लाख ५० हजार नौ सय ६८ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु १० करोड २५ हजार सात सय दुई, नेष्डो समृद्ध लघुवित्त रु सात करोड ५१ लाख ३१ हजार ७८७, नेपाल दूरसञ्चार कम्पनी रु छ करोड ५४ लाख ३५ हजार एक सय पाँच र हिमालयन डिस्टिलरी रु चार कराड ७७ लाख १० हजार आठ सय ९५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्योको छ । अप्पर हेवा खोला हाइड्रोपावर कम्पनी नौ दशमलव ९८, एनएमबी ४, श्वेतगङ्गा हाइड्रोपावर ३ दशमलव ५६ र सोल्टी होटल लिमिटेडका लगानीकर्ताले ३ दशमलव ३१ प्रतिशतले कमाएका छन् ।