समानुपातिकका लागि शुक्रबारबाट दल दर्ता

काठमाडौं । मंसिर ४ गते हुने भनिएको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक तर्फ भाग लिन चाहने राजनीतिक दलहरुलाई निवेदन दिन निर्वाचन आयोगले आग्रह गरेको छ ।
निर्वाचन आयोगले सूचना जारी गर्दै समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दललाई निवेदन दिन आग्रह गरेको हो ।

निर्वाचन आयोगको सूचना अनुसार संघीय र प्रदेश चुनावमा भाग लिन आजदेखि १२ गतेसम्म तीन दिनभित्र समानुपातिक तर्फ दल दर्ता निवेदन गरिसक्नु पर्ने छ ।

आयोगका अनुसार समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले समानुपातिक तर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्ने छ । निर्वाचन प्रयोजनका लागि ८४ राजनीतिक दलले आयोगमा दल दर्ता गरी सकेका छन् ।