राज कुन्द्राले दिए अदालतमा निवेदन

काठमाडौँ । अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्राले सबै आरोपबाट सफाइ पाउन अदालतमा निवेदन दिएका छन् ।

राज कुन्द्रामाथि गत वर्ष पोर्नोग्राफी उद्योग सञ्चालन गरेको आरोप लागेको थियो । राजविरुद्ध जुलाईमा मुद्दा दर्ता भएको थियो । हालसम्म पनि उनी दोषी ठहर नभएका कारण पोर्नोग्राफीसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गरी मुम्बई अदालतमा निवेदन दिएका हुन् ।

उनीविरुद्ध अदालतमा कुनै प्रमाण फेला परेको छैन । पोर्नोग्राफी मुद्दामा राजलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनी २ महिना जेल पनि परे । लामो अदालती कारबाहीका कारण राजले सेप्टेम्बरमा मुम्बई अदालतबाट जमानत पाएका थिए ।

राजलाई अहिलेसम्म दोषी ठहर गरिएको छैन् । त्यसैले यस मुद्दाबाट सफाइ दिनुपर्ने राजको भनाइ छ ।