महानगरले चलायो अल्फाबिटाको अवैध संरचनामा डोजर

काठमाडौँ । सत्य कुरा नक्साले देखाएको छ । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसका धनीले वेसमेण्टलाई पार्किङ्गका बारेमा झुठ बोलेपटि महानगरपालिकाले स्वीकृत नक्सा नै सार्वजनिक गरेर सत्य कुरा बाहिर ल्याएको हो ।

महानगरपालिकाका मेयर बालेन्द्र साहले सो भवनको स्वीकृत नक्सा सार्वजनिक गर्दै अल्फाविटाले अवैध रुपमा बनाएको संरचना आफ्नै उपस्थितिमा डोजर लगाउने निर्देशन दिएका हुन् । महानगरले डोजर लगाएको वेसमेण्टमा पाकिङ्ग प्रयोग नगरी फार्मेसी सञ्चालन गर्दै आएको थियो ।

अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा पुगेका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका थिए ।

मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगर सँग हुनुपर्ने भन्दै विवाद गरेका थिए । विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगे । अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर महानगरको टोलीले त्यसलाई नसुनी अवैध रुपमा हालेको सटर हटाएको छ ।

महानगरको टोलीले फर्मेसी खाली गर्न लगाएर अवैध रुपमा बनाएको संरचनामा जोडर चलाएको छ ।