दश वर्षमा चार कोठे भवन बन्यो

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा सुरु भएको दश वर्षमा भवन निर्माण सकिएको छ । तत्कालीन जिल्ला विकास समितिले थालेको गाउँ विकास समिति हालको वडा कार्यालय भवन निर्माण पुरा हुन दश वर्ष लागेको हो । जिविसले विसं २०६९ देखि एक तलाको चार कोठे भवन निर्माण सुरु गरेको थियो ।

अलपत्र परेको भवन निर्माणलाई पूर्णता दिएर यसै हप्तादेखि कार्यालय सञ्चालन गरिएको अन्नपूर्ण–५ का वडाध्यक्ष राजेश तिलिजाले बताएका छन् । “गाविस हँुदै सुरु भएको भवन निर्माणको काम अलपत्र परेको थियो”, उनले भने, “पहिलो कार्यकालमा निर्माणलाई पूर्णता दियाँै, दोस्रो कार्यकालमा प्रयोगमा आएको छ ।”

गत आर्थिक वर्षमा ३ लाख विनियोजन भएको थियो । यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समितिको एक कोठामा वडा कार्यालय सञ्चालन हँुदै आएको थियो । चुहिने समस्या रहेको भवनमा ढलान र जस्तापाताले छाएर एक तला थपिएको छ ।

सभाहल र कर्मचारीका लागि आवास सुविधासहितको नयाँ भवन निर्माण भएपछि कार्यालय सञ्चालन, तालिम, बैठक सञ्चालन गर्न र सेवाग्राहीलाई सहज भएको छ । पन्ध्र महिनामा सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा विसं २०६९ देखि भवन निर्माण सुरु गरेको थियो ।