झडपमा १२ को मृत्यु, ८७ घाइते

काठमाडौँ । लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । सो हिंसामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । उक्त घटनमा ८७ जना घाइते भएका छन् ।

शनिबार त्रिपोलीमा विद्रोहीहरुले आक्रमण गरेका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो हिंसामा परेर यहाँका अस्पतालमा पनि क्षति पुगेको छ । त्यस्तै कतिपय मेडिकल सेन्टरमा पनि आगजनी भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।यहाँका सरकारी फौजमाथि लिबियाका विद्रोहीहरुले हमला गरेका बताइएको छ ।

राजधानी त्रिपोलीको मध्य क्षेत्रका कतिपय सरकारी भवनहरुमा पनि क्षति पुगेको बताइएको छ । शनिबार भएको यहाँका विद्रोहीहरुको आक्रमणबाट मारिनेमा सर्वसाधारण नागरिक पनि परेका बताइएको छ । सो आक्रमणको संयुक्त राष्ट्रसङ्घीय मिसनले विरोध गरेको छ । लिबियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले यहाँका विद्रोहीहरुको आक्रमणबाट भएको क्षतिको विरोध गर्दै शान्ति प्रक्रियाबाट नै सबै समस्याको समाधानका लागि आग्रह गरेको छ ।