अवैध लागूऔषध सहित एक पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका २१ भोटेबहालबाट अवैध लागूऔषध सहित एक जना पक्राउ परेको छ । पक्रोउ पर्नेमा भोटेबहालमै डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका ११ घर बताउने ३३ वर्षीय अनिल श्रेष्ठ रहेका छन् ।

चरेस १ सय ७० ग्राम, पोल्यान्ड १ सय ३० ग्राम, ब्राउनसुगर ३ ग्राम, १ थान छुरी, १ थान प्लाष्टिकको पेस्तोल, १ थान डिजिटल तराजु, ४ थान घडी, २ थान मोबाईल र नगद १४ हजार ५ सय रुपैयाँ सहित श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले श्रेष्ठलाई उनकै डेरा कोठाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।